काठमाडौं । स्रोत नखुलेको २० लाख रूपैयाँ नगद र बिल-बिजक नभएको दुई सय किलो काजुसहित एक व्यक्ति पक्राउ परेका छन्।

मंगलबार दिउँसो पैसा र काजुसहितको ट्रयाक्टरमा आउँदै गरेका अलिम मिया अन्सारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

सह-प्रवक्ता थापाका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस पोखरिया र नम्बर १३ गण पर्साबाट खटिएको संयुक्त टोलीले अन्सारीलाई पक्राउ गरेको हो।

प्रहरीले भिश्वाबाट वीरगन्जतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर विशेष सूचनाका आधारमा जाँच गरेको थियो। उक्त ट्र्याक्टरमा अन्दाजी २ लाख रूपैयाँ बराबरको दुई सय किलो काजु र एक हजार दरका दुई हजार वटा नोट (बीस लाख रूपैयाँ) फेला परेको थियो।

स्रोत नखुलेको रकम र बिल-बिजक नभएको काजु बोकेर हिँडेकाले अन्सारीलाई ट्र्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको हो। अन्सारी सोही जिल्लाको धोबिनी गाउँपालिका -५ का बासिन्दा हुन्।

थप अनुसन्धानका लागि अन्सारीलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ

 

प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com