“राष्ट्रिय पञ्चायती दिवस” को अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु–कश्मिर पुगेका छन्।भारत सरकारले संविधानको अनुच्छेद ३७० हटाएर जम्मु–कश्मिरलाई केन्द्र मातहत ल्याएपछि प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक जम्मु–कश्मिरको भ्रमणमा पुगेका थिए ।

उनले त्यहाँ साम्बा जिल्लामा एक सभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको थियो । उनले सम्बोधन गर्ने सभा सुरु हुनु केही समयअघि उक्त क्षेत्रमा विष्फोट भएको छ।

विष्फोटस्थल मोदीले सम्बोधन गर्न लागेको सभास्थलबाट केवल १२ किलोमिटर टाढा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त विष्फोट खेतमा भएको बताइएको छ। सुरक्षाकर्मीहरु विष्फोटस्थल पुगेर अनुसन्धान थालेको बताइएको छ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com