३० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकमा राखेको चुनावी पोस्टरमा घिसिङको पनि फोटो राखिएको छ ।

प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ । ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्वीरमा घिसिङको फोटो प्रयोग गरिएको हो ।

घिसिङको फोटोसहतिको तस्वीर माओवादीका नेता कार्यकर्ताले समाजिक सञ्जालमा सेयरसमेत गरिरहेका छन् ।

२०७३ मा प्रचण्डको सरकारको पालामा शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङकै कार्यकालमा लोडसेडिङ अन्त्य भएको थियो ।

प्राधिरकणबाट बिदा भइसकेका घिसिङलाई गत साउनमा सरकारले पुनः कार्यकारी निर्देशक निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: ३० चैत्र २०७८, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com