काठमाडौं । साइकलयात्री पुस्कर शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यालय बसुन्धराभित्र छिर्न रोकिएको छ। साइकल लिएर रास्वापा पार्टी कार्यालय बसुन्धरा पुगेका शाहलाई साइकल लिएर छिर्न अनुमति छैन भन्दै रोकिएको हो।

सोमबार शाहले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफूलाई पालेले साइकल भित्र लैजान मिल्दैन भन्दै फर्काइदिएको बताएका छन्।

‘चिया गफको लागि उपाध्यक्ष अर्यालले बिहान निम्ता दिनुभएको थियो।अध्यक्षज्यूलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धरा पुगेँ। पालेज्युले साइकललाई घन्टी घर भित्र प्रवेश छैन भन्नु भो,’ उनले लेखेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ। भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ। मैले त्यो बारे प्रश्न गरेँ। पालेले गाडी र मोटर साइकल त पाउँछ भने।’

त्यसपछि थोत्रो कोट भिजाउँदै आफू घर फर्किएको पनि उनले लेखेका छन्।

 

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com