काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्।

सरकारमा सहभागी हुन गरेको आग्रहलाई रास्वपाले औपचारिक रूपमा अस्वीकार गरेपछि प्रधानमन्त्रीले समर्थन कायम राखिदिन आग्रह गरेका हुन्।

शुक्रबार दिउँसो समर्थनसमेत फिर्ता लिने तयारीमा रास्वपा छ ।

रास्वपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने वा नहुने र समर्थनबारे निर्णय लिन रास्वपाले शुक्रबार ५ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ।

रास्वपामा प्रधानमन्त्री रास्वपालाई सरकारमा सहभागी गराउन पहल गरेपनि पार्टीभित्र जान नहुने मत बलियो भएको छ।

 

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com