संखुवासभा । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।

उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।
उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com