काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् ।

पार्टीको दलित सङ्गठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताए ।

‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौँ भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकताबद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

 

प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com