काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएपछि  आवश्यक छलफंल गर्न नेकपा एमालेकाे पदाधिकारी बैठक बस्दैछ ।

अहिले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले पदाधिकारी बैठक बस्न लागेको छ । सात बजेपछि बालकोटमा पदाधिकारी बैठक बस्न लागेको हो । सो बैठकमा रायमाझीलाई पार्टीबाट निलम्बन गर्नेसम्मको छलफल हुने स्रोतले बताएको छ ।

अध्यक्ष ओलीले आफू निकट नेताहरूसँग पुर्जी जारी भएपछि फरार भएर ठीक नगरेको बताउने गरेका छन् । उनले आफूनिकट नेताहरूसँग रायमाझी फरार हुँदा आफूमाथि र पार्टीमाथि प्रश्न उठेको र यसले क्षति गरेको बताएको स्रोतको दाबी छ ।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुईपटक भेट गरी सकेका छन् । टोपबहादुरका छोरा सन्दीप पक्राउ परे पनि टोपबहादुर भने फरार छन् ।

प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com