काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ र चितवनका जनताले कागजको विद्रोह गरेको बताएका छन् । वाग्लेले शनिवार काठमाडौँमा रहेका तनहुँबासीलाइ धन्यवाद ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् ।

जनताको विश्वासले चुनाव जितेको उनले बताए ।

“इटा, बिटा र ठिटाको राजनीति नगरी चुनाव जितियो, तनहुबसीले त्यो पर्खाल भत्काइ दिनुभयो,” उनले भने, “म सबै वडामा पुग्न असाध्यै मन छ, धन्यवाद दिन मन छ। वाक्क लाग्ने गरी तपाईँको घरमा आउँछु भनेको छु, म जान्छु।”

राजनीतिप्रतिको वितृष्णा र रहेको खराब भाष्य चिरिँदै जाने विश्वास व्यक्त गरे । नेताहरूको कृपा, निगाहमा गर्ने  राजनीतिको पर्खाल अब भत्किँदै जाने वाग्लेको भनाइ छ ।

नेपालले खास विकास गर्ने अबको २० देखि ३० वर्ष भित्र रहेकाले पनि अब राजनीतिक नेतृत्वले विकासका एजेन्डालाइ प्राथमिकता दिनु पर्ने उनको ठम्याइ छ । “बालुवाटारमा शीर्ष नेता ५ पल्ट बैठक बस्नुहुन्छ, तर कुनै बैठक कसरी आर्थिक अवस्था कसरी सुधार गर्ने, उद्यमशीलता बढाउने भन्ने बारेमा सुन्नुभएको छरु” नेताहरूतर्फ इंकित गर्दै भने, “उहाँहरू विन्दास हुनुहुन्छ, जेल बसेको ब्याज खान खोज्दै हुनुहुन्छ। मिटरब्याजी, शरणार्थीको कुरा त जगजाहेर नै भयो।”

रास्वपा अब वैकल्पिक लोकतान्त्रिक धार बन्दै जाने उनले बताए। इतिहासको कालखण्डमा भातृ सङ्गठनले राम्रै काम गरे पनि अब त्यसको जरुरी नभएकाले रास्वपाले भातृ सङ्गठन नराख्ने बताए ।

 

प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com