काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले कांग्रेसको बुद्धि पलाए राजनीतिक रूपमा सहकार्य हुने टिप्पणी गरेका छन्।

कास्कीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक स्थायीत्व र अहिले देखिएको नैराश्यता चिर्न कांग्रेस–एमालेबीच सहकार्य आवश्यक रहेको तर्क गरेका हुन्।

कांग्रेस–एमालेबीचको सहकार्यकै कारण २०४६ सालको परिवर्तन, संविधान सभाबाट संविधान निर्माण आदि सम्भव भएकाले अहिलेको लोकरिझ्याइँ र सार्वजनिक खपतका लागि राजनीतिक गर्ने चिन्तनलाई कम गर्न दुई पार्टीबीच सहकार्य हुनुपर्ने बताएका हुन्।

‘यो मैले आम जनताको भावना बोलेको हुँ, मेरो कुरा गरेको होइन। व्यापारी, उद्योगी, मिडियाका साथीहरू पनि के भन्नुहुन्छ भने, एमाले–कांग्रेसको ग्यापका कारण नोक्सान भयो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘अहिले जेजस्ता विकृति, विसंगति देखा परेका छन्, त्यसले पनि कांग्रेस एमालेबीच सहकार्य हुनुपर्‍यो। सत्ता साझेदारी गरे पनि नगरे पनि स्थिर सरकार दिने कुरामा लाग्नुपर्‍यो भन्ने सुझाव आएका छन्।’

उनले एमाले अहिले कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्ने अवस्थामा नरहेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गर्ने कुनै सम्भावना नरहेको बताए।

‘एमाले सस्तो लोकप्रियता हुने कुरातिर लाग्दैन, यस्ता स्तरहीन राजनीतिक चेतना नभएकालाई एमाले प्रधानमन्त्री बनाउँछ भन्ने कुरा हास्यास्पद हो,’ उनले भने, ‘एमालेको प्रचार विभागले कुनै व्यंग्यात्मक टेलिसिरियल बनायो भने त्यस्तामाचाहिँ प्रधानमन्त्रीको रोल दिन सकिएला।’

त्यस्तै, उनले नक्कली शरणार्थी प्रकरणबारेको छानबिनमा एमालेले सहयोग गर्ने बताए।

 

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com