रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ सान्नेफेदीमा बोलेरो गाडी दुर्घटना भएको छ ।

गाउँपालिकाको त्रिवेणीबाट सान्ने तर्फ जादै गरेको बाबा ६ च ९१६२ नम्बरको बोलेरो गाडी गुडिरहेको अवस्थामा अचानक ब्याक भई सडकमा पल्टिएर दुर्घटना भएकाे हो ।

दाहासंस्कार गरी मलामी घर फर्कने क्रममा बा ६ च ९१६२ बोलेरो सान्नेफेदीमा अनियन्त्रित भई पल्टिँदा राम भक्त श्रेष्ठ , केशव श्रेष्ठ, जित ब. श्रेष्ठ, कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्।

दुर्घटनमा परी बोलेरोमा सवार मध्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदिप सिंहले जानकारी दिए । घाइतेहरुलाई स्थानीय र प्रहरीले तत्काल नै उद्दार गरेर मन्थली अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक अरुण माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com