काठमाडौँ । स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच हिजो (आइतबार) छलफल भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता थियो । 

नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथीलगायत अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको उक्त बैठकमा सेनाको युद्ध कार्य निर्देशनालयबाट निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्य प्रगति तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने विषयमा प्रस्तुतीकरण गरिएको नेपाली सेनाले जनाएको छ।

बैठकमा स्थानीय तह निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी आपसी समन्वय र सहकार्यका साथ प्रभावकारीरूपमा कार्यान्वयन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com