गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूलाई नेपाली कांग्रेसकै असन्तुष्ट कार्यकर्ताले हातपात गरेका पीडित उमेदवार श्रेष्ठले बताए । 

आज सोमवार उम्मेदवारी दर्ताका लागि फोटो खिचाउन गएको बेला आफूमाथि कुटपिट भएको श्रेष्ठले बताए। अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्षी रहेका थिए । 

यसैबीच नेपाली कांग्रेसको गोरखा सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयमा काङ्ग्रेस निकट कार्यकर्ताहरूले ताला लगाइदिएका छन् । गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँटप्रति गोरखा काङ्ग्रेस भित्र गम्भीर असन्तुष्टि रहेको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com