काठमाडौं । काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरी बिट थानकोटले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले शुक्रवार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

उनी मच्छेगाउँस्थित प्रहरी प्रभागमा कार्यरत एक प्रहरी हवल्दारकी श्रीमती हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com