रुपन्देही । राजमार्गमा ट्राफिक चेकजाँचमा बसेका प्रहरीमाथि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परस्पुरका स्थानीयले आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।

सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि स्थानीयले बाँसका भाटाले हान्दै लखेटेको प्रहरीको भनाइ छ।

स्थानीयको आक्रमणबाट ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बस्नेत र प्रहरी जवान मानबहादुर ठगुन्ना घाइते भएका छन्।

घटना विवरण अनुसार बाँकेको नेपालगन्जमा रहेको ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बस्नेत सहकर्मी प्रहरीसँग ट्राफिक चेकिङमा थिए।

नियमित चेकिङको क्रममा नेपालगन्ज नगरपालिका वडा नं १७ परस्पुरमा पुगेका उनीहरू करिब २ घण्टा त्यहाँ बिताइसकेका थिए।

उनीहरूको चेकजाँच सकिएर फर्किने तयारी गरी रहँदा स्थानीय मेराज सेख भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकलमा हेल्मेट नलगाई आउँदै थिए।

अचानक प्रहरी चेकिङ देखेपछि मोटरसाइकल फर्काउँदै गरेका सेखले मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि सडकमै पल्टिए।

दुर्घटनामा परी घाइते भएका सेखलाई देखेपछि उद्धारका लागि गएको ट्राफिक प्रहरीले उठाउन नपाउँदै स्थानीयहरू आएर ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै प्रहरीमाथि जाईलागेको प्रहरी दाबी छ ।

प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मान बहादुर ठगुन्नाले घाइतेलाई उठाउनै खोज्दा स्थानीयले ट्राफिक प्रहरीको चेकजाँचका कारण दुर्घटना भई घाइते भएको भन्दै आक्रोशित स्थानीयलाई सम्झाउनै प्रयत्न गर्दै गर्दा घर घरबाट निस्केका युवाहरूले हँसिया र बाँसका भाटा समेतले प्रहार गर्न थालेपछि घटना भएको थियो ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com