एजेन्सी । ‘ साराभाई भर्सेस साराभाई ’ मा जस्मिनको भूमिका निभाएकी वैभवी उपाध्यायको कार दुर्घटनामा निधन भएको छ । दुर्घटना हिमाचल प्रदेशमा सोमबार अर्थात मे २२ मा भएको थियो । चण्डीगढमा बस्ने उनको परिवार शव लिएर मुम्बई गइरहेको बताइएको छ, जहाँ बुधबार बिहान उनको अन्तिम संस्कार गरिनेछ । निर्माता तथा अभिनेता जेडी मजेठियाले यो खबरको पुष्टि गरेका छन् ।

दुर्घटनाका बेला वैभवीका प्रेमी जय सुरेश गान्धी पनि थिए । उनलाई हल्का चोट लागेको छ । उनको बन्जार अस्पतालमा उपचार भइरहेको छ । जानकारीका अनुसार वैभवी आफ्ना प्रेमी जय सुरेश गान्धीसँग उनको फोरचुनर गाडीमा बन्जारको तीर्थन घाटीमा घुम्न गइरहेकी थिइन् । त्यति बेला उनीहरूको गाडी अनियन्त्रित भयो र उनीहरू सडकभन्दा ५० फुट मुनी खसे ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com