काठमाडौँ । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न ३ करोड रुपैयाँ पार्टीलाई बुझाएको समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाएका छन् ।

ती समाचार कपोकल्पित तथा आधारहीन रहेको बताउँदै श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले भने, यो विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको दाबी गरेका छन् । , ‘मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

श्रेष्ठले स्वीकृत आधारविना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com