सुनसरी । इटहरीमा नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले राजा ज्ञानेन्द्र शाहलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका छन् ।


आइतबार झापाको चन्द्रगढी विमानस्थलमा उनले राजा ज्ञानेन्द्रलाई सो उपहार दिएका हुन् । झन्डै २ वर्षअघि कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउनका बेला उनले ३ महिना लगाएर श्रीपेच र राजदण्ड निर्माण गरेका थिए । श्रीपेचमा सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जडान गरिएको कर्णबहादुरले बताए ।

उनले आफू राष्ट्रवादी र राजसंस्थाको पक्षधर रहेको बताउँदै सो श्रीपेच राजा ज्ञानेन्द्रलाई दिनकै लागि बनाएको बताए।  उनले भने–‘राजालाई उपहार दिने भनेर नै बनाएको थिएँ तर उहाँलाई दिनका लागि शुभ साइत मिलेको थिएन । झापा आउनुभएको अवसरमा मैले चन्द्रगढी विमानस्थलमा पुगेर उहाँलाई हस्तान्तरण गर्न पाएँ ।’ श्रीपेच लिँदै राजा ज्ञानेन्द्र शाहले धन्यवाद दिएको र आफु निकै हर्षित भएको उनले बताए ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com