काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको गोलन्जोरमा गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

सीटीईभीटीका निर्देशकसहित ४ जना सवार गाडी दिउँसो करिब १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको हो।

गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सिटिइभिटीको सरकारी गाडी सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले जानकारी दिए।

गाडीमा रहेका तीन जना बेपत्ता भएका छन् भने गाडीका चालक पौडिएर निस्कन सफल भएको सिलवालले बताए। उनले भने, ‘गाडी सुनकोसीमा खसेको छ, ३ जना सहसचिव स्तरका मान्छेहरू बेपत्ता छन्, एक घण्टा जति भयो अगाडी देखिएको थियो, अहिले त गाडी पनि डुबेको छ,’ ‘उनले थपे, ‘चालक पौडेर ज्यान जोगाउन सफल भएका छन् ।’

 

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com