काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।

फिल्मलाई ‘लाखे’ फेम्ड सम्राट बस्नेतले निर्देशन गर्नेछन् । उनका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो निर्मातालाई पठाउनुपर्ने जनाइएको छ । आवेदन दिने मिति असार ७ गतेसम्म तय गरिएको छ । ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउन सकिने जनाइएको छ ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आह्वान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा दीपक मनाङेको प्रस्तुति रहने भएको छ । फिल्ममा मनाङेसहित सविन श्रेष्ठ तय भएका छन् । फिल्मको निर्मातामा टिकाराम भण्डारी, धनबहादुर गुरुङ (डिबी), समिर शाही र कृष्ण थापा छन् ।

 

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com