काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ ।

मङ्गलवार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल गङ्गालाल हृदय रोग केन्द्र पुगेका थिए।

पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएको पाइएको छ । उनको मुटुको दाहिनेतिरको नशाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ।

राष्ट्रपति पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायतका समस्या भएपछि अस्पताल पुगेका थिए।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com