काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पाँच सय चार नीजि विद्यालयमध्ये चार सय ६५ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको ताकेता पछि विद्यालयले छात्रवृत्तिको विवरण बुझाएको हो । चार सय ६५ विद्यालले बुझाएको विवरणमा १३ हजारभन्दा बढी लक्षित वर्गका विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

महानगरलाई प्राप्त विवरणका आधारमा विद्यालयको निरीक्षणसमेत गरिने महानगर प्रमुख शाहले बताएका छन् । हालसम्म विवरण नपठाएका ३९ वटा विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने पनि उनले बताएका छन् ।

त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनको चेतावनी छ ।

विद्यमान कानुनी प्रबन्धको कार्यान्वयनबाट १३ हजार भन्दा बढीले छात्रवृत्ति पाएका छन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने महानगरप्रमुख शाह बताउँछन् । काठमाडौं महानगर कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको समेत उनले बताएका छन् ।

प्रकाशित मिति: ५ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com