काठमाडौं । हनिमुन सिजन सुरु भएको छ । नवविवाहित सेलिब्रिटी मधुमास मुडमा देखिएका छन् । शुक्रबार लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन तालनगरी पोखरा निस्किएकी छिन्।

इन्स्टाग्राम स्टोरीमार्फत वर्षाले हनिमुनका लागि आफू पोखरामा रहेको जनाएकी छन् । गुलाब र बेलुनले सजिएको बेडको तस्वीर सेयर गर्दै उनले पोखरा ‘चेकइन’ गरेकी छिन् ।

पति आशिष गेलालसँग वर्षा आइतबार पोखरा उडेकी हुन्। वर्षाले किस्ता–किस्तामा आफ्नो विवाहका भिडियो र तस्वीर सेयर गरिरहेकी छिन् ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com