उदयपुर । उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राई विवाहको ६ महिनापछि आफनो श्रीमती पुरुष भएको भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगेका छन्।

भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की किशोरीसँग प्रेम विवाह गरेका राईले श्रीमती विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन्।

विवाह गरेको ६ महिनासम्म पनि श्रीमती कहिलै छेउ नपरेपछि शंका लागेर नम्वरले उनको गोप्य अंग चिहाएका थिए। यसरी हेर्दा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि उनी उजुरी बोकेर प्रहरी समक्ष पुगेका हुन। ति किशोरीले किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमानसँग अलग रहँदै आएको खुलेको छ।

यसैबीच ६ महिनापछि नम्वर एकाएक श्रीमती पुरुष भएको भन्दै उजुरी लिएर आएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गरेपनि उनकी श्रीमती अस्वस्थ भएर धरान गएको प्रहरीको भनाई छ।

उनलाई हाईब्लडप्रेसरको समस्या देखिएपछि एम्बुलेन्समार्फत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। हेर्दा महिला जस्तो देखिएपनि राईकी श्रीमती पुरुष नै भएको प्रहरीको अनुशन्धानबाट खुलेको छ।
प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा पनि उजुरी दिएका थिए। न्यायिक समितिले उनलाई उजुरीसहित इलाका प्रहरी कार्यालय पठाएको हो।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com