काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् ।

बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् ।  आरती पनि पेशी बुझन आएकी थिइन् ।  उनले जुत्ता प्रार गरेपछि प्रहरीले अदातलबाट बाहिर निकालेर गेट बाहिर राखेको थियो । गिरीले रुँदै राज्यले बलात्कारीलाई सेवा गरेको गुनासो पोखिन् ।

उनले श्रीमानविरुद्ध केही समयअघि बैबाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । यसअघि पनि सरिताले न्यायकाे माग गर्दै  श्रीमानविरुद्ध विराेध गर्दै आएकी थिइन् ।

गिरी गत चैत २८ गते पक्राउ परेका थिए । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com