काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई निराश नहुन आग्रह गरेका छन् । आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टाेलीकाे मिहिनेत कमजाेर नरहेकाे बताउँदै ओलीले एउटा असफलता यात्राकाे अन्त्य नहुने उल्लेख गरेका छन् ।

हाम्राे यात्रा जारी छ भन्दै ओलीले नेपाली क्रिकेट टाेलीलाई स्वदेश फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रस्ताव पनि गरेका छन् । उनले खराब इन्टरनेटका बावजुद नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल आफूले लाइभ हेरेकाे पनि जानकारी दिएका छन् । मिहिनेतलाई जननी र परिणामलाई शीशुकाे संज्ञा दिँदै ओलीले कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्ने उल्लेख गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो मैले नेपाली टिम र नेदरल्यान्ड्सबीचको खेल लाइभ हेरेँ । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरेँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मिहिनेत जननी हो भने परिणाम शीशु ।

कहिलेकाहीँ मिहिनेतका बावजुद पनि परिणाम प्राप्त नहुन सक्छ ।यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मिहिनेत कमजोर थिएन । मिहिनेतका लागि धन्यवाद नेपाली क्रिकेट टिम । नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’

प्रकाशित मिति: १० असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com