सुर्खेत । पछिल्लो समय अमेरिका तथा युरोपमा लोकप्रिय खेल ‘पिकलबल’ नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।

आइतबार कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत स्थित खेल मैदानमा एक दिने पिकलबल खेल प्रशिक्षण तथा प्रदर्शन सम्पन्न भएको छ।

पिकलबल एसोसिएसन सुर्खेतको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा विभिन्न क्लबका खेलाडीहरु सहभागी थिए।

कार्यक्रम पछि खेलाडीहरुले ‘पिकलबल’ खेल नेपाल जस्तो देशमा सम्भावना बोकेको बताउँदै आगामी दिनमा पिकलबल नियमित प्रशिक्षण गर्ने बताए।

यसैगरी पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले कर्णाली जस्तो अनेकौं संभावना बोकेको पर्यटकीय क्षेत्रमा नियमित पिकलबल खेल सुरु हुनुले नेपालमा पिकलबल खेलको विकास तथा खेल पर्यटनको प्रबर्द्धनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए।

पिकलबल एशोसियसन नेपालका महासचिव जनक फडेराले खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए। नेपालमा ‘पिकलबल’ प्रति नयाँ खेलाडीहरुको आकर्षण समेत बढ्दै गएको देखिन्छ।

प्रकाशित मिति: १० असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com