काठमाडौँ- काठमाडौँको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।

मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् ।

डढेलो नियन्त्रणका लागि हेलिकप्टररबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ‘ग्लोबल नागरिक’ लाई बताए । 

बुढानिलकण्ठबाट पूर्वतिर तारेभिरको जंगलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । ‘त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो’ एसपी मैनालीले भने, ‘अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएपछि फायर लाइन बनाएर आगोलाई थप फैलिन नदिने प्रयास भइरहेको छ ।’

डढेलो नियन्त्रणका लागि हेलिकप्टरको समेत प्रयोग गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन। 

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com