काठमाडौं । एपिएफका महानिरीक्षक पुष्पराम केसीले बुधबार सूचना जारी गरेका थिए। बुधबार उनलाई मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

उनको बढुवा भएसँगै एआइजीमा एक पद खाली भएको हो।

 

‘बढुवाका सम्भाव्य उम्मेदवार रहेका प्रहरी नायब महानिरीक्षकहरू (डिआइजी) ले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न गरी मूल्यांकन फारम भरी सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र गृह मन्त्रालयको बढुवा सचिवालयमा पेस गर्नू,’ सूचनामा उल्लेख छ।

एआइजीको लागि डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम प्रतिस्पर्धा गर्दैछन्।

अहिले एआइजीमा बढुवा भएका व्यक्ति वैशाख १८ गतेपछि सशस्त्र प्रहरीको महानिरीक्षक हुनेछन्।

वैशाख १८ गते सशस्त्र प्रहरी महानिरीक्षक केसी ३० वर्षे सेवा अवधिको कारण अवकाशमा जानेछन्।

प्रकाशित मिति: १ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com