काठमाडौं । नेपाल राष्ट्र बैंक स्थापना भएको आजबाट ६६ वर्ष पूरा भएको छ । राष्ट्र बैंकले आज विभिन्न कार्यक्रम गरि आफ्नो ६६औँ वार्षिकोत्सव मनाउने भएको छ । 

एक समारोहकाबीच मनाइने कार्यक्रममा मुलुकको अर्थतन्त्रमा कोरोना महामारीले पारेको प्रभाव र वर्तमान अर्थतन्त्रका बारेमा छलफल हुने जनाइएको छ ।

त्यस्तैगरी खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक प्रभाव परिरहेको र यसलाई सकारात्मक लयमा फर्काउने विषयमा पनि छलफल गरिने जनाइएको छ । यद्यपि राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भने निम्तो नदिइएको बताइएको छ ।     

मन्त्री शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीचको तिक्तताका कारण निम्ता नदिइएको हुनसक्ने अनुमान गरिएको छ । केही समयअघि मन्त्री शर्माले गोप्य सुचना चुहाएको भन्दै अनुसन्धन समिति गठन गरेका थिए । सो सँगै गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।

त्यसपछि अधिकारी आफूलाई बदनीयतपूर्ण तरिकाले निलम्बन गरिएको भन्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चले काममा फर्कन अन्तरिम आदेश दिइसकेको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com