कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम देउवा स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परीक्षा हलबाट निकालिएका छन् ।

आजदेखि सुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोर्दाचोर्दै पूर्वमेयर देउवा समातिएका थिए । त्यसपछि उनको परीक्षासमेत रद्द गरिएको छ ।

एमालेबाट मेयरमा निर्वाचित भएका देउवा खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो ।

जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरीरहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा सुरु भएको १ घण्टा नहुँदै चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ ।

भोलिदेखि भने उनले परीक्षा दिन पाउने जनाइएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com