एजेन्सी । मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठाेकिँदा १० जनाको ज्यान गएको छ।
विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले जनाएका छन्।
मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका जनाएको छ । प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो । हवाई दुर्घटनाबारे ब्युरोले तत्काल अनुसन्धान शुरु गर्ने जनाए।
प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहिबार
प्रतिक्रिया