काठमाडौं : सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी परेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई खटाए । भरतपुर महानगरमा कांग्रेस नेता कार्यकर्ताले देखाएको असन्तुष्टि लाई सम्बोधन गर्न  कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँण लाई भरतपुर पठाउने भएका हुन् ।

तरुण दल नेपालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफूलाई चितवनमा गएर मिलाउनको लागी आग्रह गरेको खाँणले बताए ।
चितवन महनगरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी  रेणु दाहालले मेयरको टिकट पाएकी छिन्।उता गठबन्धनबाटै कांग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारि दिए ।
आजै बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धनको निर्णय भन्दा विपरित उम्मेदवारी गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुरुप देउवाले गृहमन्त्रीलाई त्यता पठाउने भएका हुन् ।   

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com