काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली काङ्ग्रेस को घोषणा पत्र ले केपी शर्मा ओली सन्केर पागल भएको बताएका छन्।स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले घोषणा पत्रमामार्फत् नेपाली काङ्ग्रेस ले नेकपा नेतृत्व सरकारको आलोचना गरेपछि उनको हालत खराब भएको बताए।

उनले सन्किदा आफैं लाई गाह्रो  पर्ला भन्दै ‘उहाँ (केपी ओली)को झुटलाई ठीक हो भन्ने कुरै भएन। बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अफ्ठ्यारो पर्न सक्छ,’ उनले भने, ‘मलाई केपी ओलीले मुख छाड्ने कुरा नयाँ भएन । जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो।’

उनले केपी ओलीले सन्केका बेलामा  समय समयमा सबै लाई पागल भन्ने गरेको पनि बताए। ‘केपी ओलीलाई कोही आँट भएको मान्छेले तपाईँ झुट बोल्दै हुनुहुन्छ भन्यो भने, सनक्क सन्केर पागल भन्नुहुन्छ। पहिले सुशीला कार्की, गोविन्द केसीलाई पनि पागल भन्नुभएको थियो।’

उनले आफू फुर्सद भएको समयमा बालकोटमै पुगेर ओलीलाई ट्युसन पढाउने पनि बताए। ‘उहाँले मलाई चोर्‍यो चोर्‍यो भन्नुहुन्छ। हिजो पनि चोर्‍यो भन्नुभयो। अहिले चुनावको बेला छ। उहाँलाई पनि फुर्सद छैन, मलाई पनि फुर्सद छैन।  म महामन्त्री,उहाँ अध्यक्ष। अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु,’।                                आफू र आफ्नो पार्टीले कसैको केही पनि चोर्नु नपरेको भन्दै  उनले भने, ‘ट्युसन पढाउनै पर्ने भएको छ । मेरो समृद्धिको कुरा चोर्देला चोर्देला भनेर नबस्नुस्। तपाईँको आइडिया तपाइसँगै राख्नुस। न मलाई चोर्नुछ, न कांग्रेसको साथीलाई चोर्नुछ। त्यो तपाईँकै आइडिया हो, तपाइँ संगै राख्नुस् ।’

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com