काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलेश्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएको विषय अहिले चर्चामा छ ।

‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भन्दै उनले लेखेको स्ट्याटसको अहिले चर्चा, प्रशंसा र आलोचना समेत भईरहेको छ।

कतिपयले उनी श्रीमतीसँग दर खान हिंडेकाले प्रहरीले रोकेकोसमेत दाबी गरे । तर बालेनपत्नी सविना शनिबार बेलुकी अस्पताल गएको र सो बेला बालेनकी पत्नी प्रसव पीडामा रहेको खुलासा भएको छ।

बालेनपत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएको उनको परिवार स्रोतले पुष्टी गरेको छ ।

यसो त प्रहरीले उनलाई शनिबार सरकारी गाडी किन चलाएको र यसको अनुमति छ कि छैन भनेर सोधेको भने हो । सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका प्रहरीको भनाई छ। तर बालेनपत्नी केहि एमरजेन्सी रुपमा अस्पताल हिंडिरहेको थाहा भएपछि गाडी छोडिएको ती प्रहरीको भनाई छ।

‘गाडी केहि स्पीडमा थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले महानगरको गाडी हो, अस्पताल हिँडेको भन्ने जानकारी दिए । त्यसपछि हामीले छोडिदियौं ।’ ती प्रहरीले भने ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com