काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीशोक परेको छ । एक साताअघि पुत्रीलाभ भएका उनका जन्मेका दुई छोरीमध्ये एकको निधन भएको छ।

आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी थिइन् । जसमध्ये एकको निधन भएको हो भने, अर्की छोरीलाई अस्पतालमा राखिएको छ । ललितपुरको मेडिसिटी अस्पतालले बालेनकि अर्की छोरीलाई एनआईसीयूमा उपचार भइरहेकोपुष्टी गरेको छ ।

‘बालेनजीको एक बच्चाको निधन भईसक्यो, एक छोरी अस्पतालमै छ। सबिनाजीकोचाहिं दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ।’ अस्पताल स्रोतले भन्यो, ‘हामीले भन्न मिल्ने यति हो, अरु कुरा उहाँहरुको व्यक्तिगत कुरा हो ।’

अहिले बालेन र उनकी श्रीमती शोकमा छन् । एउटी छोरीको निधन भएको पीडा र अर्की छोरी बिरामीभएको पीडाले उनीहरु समस्यामा छन् । सविना काफ्लेको स्वास्थ्य पनि ठिक नरहेको अवस्था छ । यहि बेला सविना काफ्ले चढेको गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि बालेनले आक्रोशपूर्ण स्ट्याटस लेखेका थिए। यहि विषयलाई लिएर बालेनको चर्चा, प्रशंसा र आलोचनासमेत भईरहेको छ।

कतिपयले भने बिरामीलाई रोकेर अनावश्यक केरकार गरेको भन्दै प्रहरीको आलोचनासमेत गरिरहेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com