काठमाडौँ । पेप्सीकोला भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत  सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका राज भट्टराई रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आइतबार बिहान आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएको जानकारी दिए । दुई गाडी आपसमा ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।

दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com