काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन। उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित प्रस्थान गरेका हुन् ।
नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ । राष्ट्रिय टीमलाई हौसला दिन सभापति लामिछाने श्रीलंका गएका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि श्रीलंका जाने भएका छन् । स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो ।
प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार
प्रतिक्रिया