काठमाडौं । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।

२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंहदरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।

२०३० सालमा यहाँ ठूलो आगलागी भएको थियो। त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो।

नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवनमा आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। ‘विद्युत् सर्ट’ भएर आगलागी भएको बताइएको थियो। यस घटना पछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले “आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको” भनेर राजीनामा दिए।

हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com