काठमाडौं । सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै अब वर्षको ३६५ दिनमध्ये करिब २१० दिन मात्रै सरकारी कार्यालय खुल्ने भएको छन् । वर्षमा करिब ५२ दिन हुँदै आएको साप्ताहिक बिदा अब करिब १०४ दिन पुग्नेछ ।
त्यसबाहेक सरकारले दिने विभिन्न धर्म, समुदाय, क्षेत्रमा दिने सार्वजनिक बिदासमेत जोड्दा करिब १५६ भन्दा बढी दिन सरकारी सेवा बन्द हुने अवस्था आएको छ ।
सरकारले कार्य घण्टा बढाएर क्षतिपूर्ति गर्न खोजेपनि कार्यालय बन्द हुने दिन ठूलो मात्रामा बढेको छ ।
प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार
प्रतिक्रिया