काठमाडौं । नेपाली काङ्ग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथी खुकुरी प्रहार भएको छ। बालाजु बस्ने नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ का श्यामबाबु सापकोटाले यादवमाथि बुधबार रिपोर्टस क्लबको कार्यक्रम सकिएपछि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीले सापकोटालाई पक्राउ गरी सिंहदरबार वृत्तमा ल्याएको छ । उनले रिस उठेपछि खुकुरी हानेको प्रहरीलाई बताएका छन् । सापकोटा पत्रकारकै भेषमा कार्यक्रममा पुगेको र साथमा खुकुरी लिएर गएको खुलेको छ ।

यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका सापकोटाले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । करिब सवा १ बजेतिर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

सापकोटाको प्रहारबाट यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com