काठमाडौं । अकाउन्टबिलिटी ल्याब नेपालले काजिमान राईले प्राप्त गरेको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिइएको हो ।

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका राई कार्यकक्षमै सहकर्मीसँग अनैतिक गतिविधि गरेको भिडिओ बाहिरिएको थियो । त्यसपछि यसबारे उनीसँग जवाफ लिएपछि उनलाई दिएको अवार्ड रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘तत्कालीन समयावधिमा प्राप्त जानकारी, सूचना र इन्टेग्रीटी आइकन नेपालले तय गरेको मापदण्डको आधारमा उक्त अवार्ड प्रदान गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपश्चात पनि उहाँले नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो आचरण र कुशल कार्यशैलीले अरुलाई पनि प्रेरित गर्नुहुनेछ भन्ने विश्वास थियो । तर, समाचारहरूमा देखिएको अमर्यादित कार्यले हामीलाई स्तब्ध बनाएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आयोजक संस्थाको निर्णय बमोजिम निज काजिमान राईलाई दिइएको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको व्यहोरा सार्वजनिक रूपमा जानकारी गराउन चाहन्छौँ ।’

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com