विराटनगर । धरानका मेयर हर्क साम्पाङ्ले एक जना सेवाग्राहीलाई थुनाएका छन । उनले सामाजिक सञ्जालमा लेखेको भन्दै अशोक लिम्बूलाई पक्राउ गरि थुनाएका हुन ।

थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेका थिए ।

प्रश्न गरेको विषयलाई लिएर लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो । लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।
लिम्बूविरुद्ध उजुरी भने कसैले दिएको छैन । मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बूलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताए ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com