काठमाडौं । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह गएराति तनावग्रस्त बनेको छ।

गएराति करिब ८ बजे पछि बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच विवाद हुँदा तनाव भएको हो।

बाल कैदीबन्दीले सुधार गृह तोडफोड गर्नुको साथै प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए।

बाल कैदीबन्दीहरुबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी र प्रहरी घाइते भएका र उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । झडपका कर्ममा बालसुधार गृहका ९ जना बालक र ३ जना प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाका अनुसार आज बिहानको अवस्था सामान्य रहेको छ।

बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन् । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको बताइएको छ।

केही दिन अगाडि भक्तपुरको सुधार केन्द्रबाट ल्याइएका बालक र पहिल्यैदेखि यहाँ रहँदै आएकाहरूबीच भएको विवादका कारण झडप भएको बुझिएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com