काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शवयात्राको रुट तय भएको छ । नेम्वाङको शव यात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको हो।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले बिज्ञप्ती जारी गर्दै शव यात्राको रुट सार्वजनिक गरेका हुन् । बिष्टका अनुसार उपाध्यक्ष नेम्वाङको अन्त्येष्टी यही भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिनेभएकोे छ । बिष्टका अनुसार नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेकोे छ।

‘उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिन्छ,’ बिज्ञप्तीमा भनिएको छ।

उपाध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि उहाँको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ ।

संविधान सभाका अध्यक्ष स्व.नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा आज पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको बिष्टले जनाएका छन् ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com