काठमाडौँ । कोटेश्वरस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयले फरक शैलीमा बाल दिवस मनाएको छ।

विद्यालयले बाल दिवसका अवसरमा विद्यार्थीहरुलाई एक-एक ओटा ठूला-ठूला आलु र प्याज ल्याउन लगाएको थियो । कसले सबैभन्दा ठूलो ल्याउने भन्दै प्रतियोगिता नै भयो। सबैभन्दा ठूलो आलु स्मृति सिवाकोटीले ल्याएकी थिईन जसको तौल ५९५ ग्राम रहेको थियो भने सबैभन्दा ठूलो प्याज आयुश्री खड्काले ल्याएकी थिइन् जसको तौल ३४० ग्राम रहेको थियो। सबैभन्दा ठूलो आलु र प्याज ल्याउने विद्यार्थीलाई बिद्यालयले पुरस्कृत समेत गरेको छ।

विद्यार्थीले ल्याएका सबै आलु र प्याज जम्मा पार्दा करिब ५० किलो आलु र ३० किलो प्याज सङ्कलन भएको थियो। त्यसपछि बिद्यालयले केही सामग्री थप गरेर उक्त सामग्री भक्तपुरको गोठ्ठाटारस्थित सृजनशील बाल आश्रमलाई प्रदान गरेर मानवीय गुण विकास गर्ने तरिकाले बाल दिवस मनाएको छ।

त्यस्तै विद्यालयले सबै विद्यार्थीलाई आफुसँग भएका कपडा (जुन पुराना भएका छैनन् तर आफुलाई ठिक हुँदैन) एउटा-एउटा लिएर आउन भनेको थियो। धोएर, आइरन गरेर प्याक गरिएका ति कपडाहरू आउँदो हिउँदमा तराइका अतीबिपन्न परिवारका बालबालिकालाई बाँड्ने विद्यालयका शिक्षक आशिष खनालले जानकारी दिए।

त्यसैगरी बालदिवसकै दिन विद्यालयले तिज विशेष एक साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको थियो।जसमा आमाछोरीको नृत्य प्रतिस्पर्धा गराएर बिजेतालाई ट्रफि र प्रमाणपत्र वितरण समेत गरेको छ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com