काठमाडौं । जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो।

आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

‘हिन्दु नारीहरूको महान् चाड हरितालिका (तीज) पर्व आगामी २०८० असोज १ गते सोमबार पर्ने भएकोले सो पर्वलाई ध्यानमा राखी भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कसैले पनि मास. मंदिरा तथा नशालु पदार्थहरू उत्पादन बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आगामी भदौ ३१ गतेदेखि नै लागू हुने गरी पूर्ण रूपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ।

पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्वको भाग तोकिएको छ। पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिमसम्मको भाग तोकिएको छ। उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तरको भाग तोकिएको छ। दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्मको भाग तोकिएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com