काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार) ऋषि पञ्चमीको दिनमा महिलाहरूलाई बिदा नहुने जनाएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै बिदा नभएको जानकारी दिएको हो।

महानगरपालिका आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भए पनि उक्त दिन बिदा नभएको जानकारी दिइन्।

‘काठमाडौँ महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मङ्गलवार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भएको भए तापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ,’सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com