काठमाडौँ । काभ्रेको मण्डनदेउपर नगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिएको छ ।
आठौँ संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर-सरकारी संस्थाहरूलाई बिदा गरिएको छ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।
प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार
प्रतिक्रिया