काठमाडौं । खोटाङ जिल्लामा गोरु काटेर सामूहिक भोज खाएको आरोपमा प्रहरीले २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा प्रहरीले रावाबेंसी गाउँपालिका–६ हौँचुरका गुरुङलाई मंगलबार पक्राउ गरेको छ।

गुरुङ लगायत स्थानीयले गोरु काटेर सामूहिक भोज खाएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले बताएका छन्।

गुरुङलाई गोरु काटेर खाएको पुष्टि भएमा कानून बमोजिम कारबाही हुनेछ । गोरु काटेर खाएको भिडियो उनले सामाजिक सञ्जालमा हालेका थिए।

मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले सोमबार सांस्कृतिक क्रान्ति भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा गोरु काटेर भोज खाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा आएको थियो।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले यसअघि पनि सुनसरी, झापा लगायत जिल्लामा गोरु काटेर सामूहिक भोज गरेका भिडिओ आएका छन्।

मङ्गोल नेसनल अर्गनाइशसनका खोटाङ इन्चार्ज टंकबहादुर मगरले उक्त घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com